झापा । जिल्ला झापामा २३.५५ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला झापा, अर्जुनधारा नगरपालिका ८ सब्जीलाइनस्थित बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला झापा, अर्जुनधारा नगरपालिका ८ बस्ने अन्दाजी ४१ वर्षीय सरोज गहतराजको साथबाट ‘एन दश’ लेखिएको खोलबिनाको सेतो ट्याब्लेट ३० थान, २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ तथा दुई थान मोबाइल फेला परेको हो।
उक्त लागुऔषध, मोटरसाइकल र सरोज गहतराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।






