२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसमिति गठनमा सहमति नजुट्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बेरुजु छलफल उपसमिति गठनका विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ। बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो।

मंगलबार बिहान बसेको बैठकको कार्यसूचीमा समितिको आन्तरिक कार्यविधि पारित गर्ने तथा बेरुजु छलफलका लागि उपसमिति गठन गर्ने विषय समावेश थियो। तर, उपसमितिको संयोजक चयनका विषयमा दलहरूबीच सहमति हुन नसकेपछि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

सार्वजनिक लेखा समितिले आफ्नो कार्यसम्पादनलाई विषयगत रूपमा व्यवस्थित गर्न पाँच वटा उपसमिति गठन गर्ने तयारी गरेको छ। प्रस्तावित उपसमितिहरूमा अर्थ तथा सुशासन, राज्य सुरक्षा, न्याय, कानुन तथा प्रशासन, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत तथा वातावरण, आर्थिक उत्पादन, विज्ञान तथा मानव पुँजी तथा सामाजिक न्याय, कल्याण र समावेशीकरणसम्बन्धी उपसमिति रहेका छन्।

उपसमितिको नेतृत्वका विषयमा भने दलहरूबीच मतभेद देखिएको छ। सबै उपसमितिको संयोजक पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेपछि विपक्षी दलहरूले त्यसप्रति असहमति जनाएका कारण उपसमिति गठन प्रक्रिया तत्काल टुंगोमा पुग्न नसकेको हो।

0 Comments