२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षीको विरोध मर्यादित र विषय केन्द्रित बनाउन सभामुख अर्यालको आग्रह

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा विपक्षी दलहरूले अवलम्बन गर्दै आएको विरोधको शैली पुनर्विचार गर्न आग्रह गरेका छन्। एउटै विषयलाई लिएर निरन्तर अवरोध भइरहेको सन्दर्भमा उनले विरोधलाई सम्बन्धित विषयमै सीमित राख्दै सदनको नियमित कार्यसूची अघि बढाउन सहकार्य गर्न विपक्षीसँग अनुरोध गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार ४० दिनदेखि प्रतिनिधि सभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्।

बिहीबारको बैठकमा सभामुख अर्यालले विपक्षी दलहरूको तर्फबाट एक जना सांसदले साझा धारणा प्रस्तुत गर्ने व्यवस्था मिलाएर त्यसपछि बैठकको कार्यसूची अघि बढाउने प्रस्ताव राखेका थिए। सोहीअनुसार उनले नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्ने समयसमेत उपलब्ध गराएका थिए।

यद्यपि, विपक्षी दलहरूले एक जना सांसदमार्फत मात्रै धारणा राख्ने प्रस्ताव स्वीकार नगरेपछि सभामुखले विरोधको शैलीलाई थप व्यवस्थित र विषयवस्तुमै केन्द्रित बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले विरोधको क्रममा मूल विषयभन्दा बाहिरका प्रसंग उठाउनुपर्ने अवस्था सिर्जना हुनु उपयुक्त नभएको उल्लेख गर्दै, विरोधको औचित्य कायम राख्न पनि सम्बन्धित विषयमै केन्द्रित भएर धारणा व्यक्त गर्न आग्रह गरे।

सभामुख अर्यालले विपक्षी पक्षबाट एक जनाले धारणा राखिसकेकाले अब दैनिक कार्यसूचीमा प्रवेश गर्न पुनः अनुरोध गरे पनि विपक्षी दलहरूले त्यसमा सहमति जनाएनन्।

Leave a Reply