२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली गाइडबण्ड पुनर्निर्माण: सैनिक उच्च तहद्वारा निरीक्षण

अ+ अ-

काठमाडौँ । कञ्चनपुरको महाकाली नदीमा नेपाली सेनाले निर्माण गरिरहेको चार लेनको पक्की पुलको ड्याम (गाइडबण्ड) को सैनिक मुख्यालयको उच्च तहका पदाधिकारीले आज स्थलगत निरीक्षण गरेका छन् ।

मनसुनको समयमा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण गर्न नेपाली सेनाले केही समयता भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको गाइडबण्ड पुनर्निर्माणलाई तीव्रता दिएको हो । 

आज नेपाली सेनाको युद्वकार्य निर्देशनालयका युद्वकार्य निर्देशक मनोज थापासहितको उच्चस्तरीय सैनिक टोलीले पुनर्निर्माण भइरहेको गाइण्डबण्डको प्रगतिबारे जानकारी लिएको छ । 

निरीक्षणमा श्री नं २५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी बिजितराज रेग्मी, रणसिंह दलका गणपति प्रमुख सेनानी प्रकाश घिमिरे र बराहदलका गुल्मपति सेनानी अशोक शाही सहभागी थिए । सेना र सडक भिडिजन कार्यालयका प्रमुखसहितको टोलीलाई वर्षात् नजिकिरहेकाले पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

महाकाली पुलको उत्तरतर्फ पर्ने गाइडबण्डसहितको संरचना बाढीबाट जोगाउन गत वर्ष पनि सरकारले तीन महिनाका लागि उक्त क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरी सेनाको जिम्मा दिएको थियो । गत वर्ष आएको बाढीले करिब ३०० मिटर गाइडबण्ड क्षति पुर्‍याएपछि तत्कालीन समाधानका गरी तटीय क्षेत्रमा बाढीका बेला हुनसक्ने सम्भावित क्षति तथा विपद् न्यूनीकरण गर्न सेनालाई जिम्मेवारी दिएपछि अहिले सो क्षेत्रमा चार सयभन्दा बढी सेना कार्यरत छ ।

तीन सय मिटर गाइडबण्ड पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म ८० प्रतिशतभन्दा बढी काम सकिएको नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । सेनाको जनशक्ति सहयोग र सडक डिभिजन कार्यालयको व्यवस्थापकीय सहयोगमा गाइडबण्ड बनिरहेको हो ।

नेपाली सेनाले वर्षात्का बेला सो क्षेत्रमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि नेपाली सेनालाई सरकारले पुनर्निर्माणका लागि आग्रहपछि सैनिक टोली यहाँ खटिएको जनाएको छ । श्री नं २५ बाहिनी अड्डाका अनुसार आयोजनास्थलमा तत्कालको क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

नेपाली सेनाले उक्त पुनर्निर्माणको संयोजनको जिम्मेवारी सेनाका तर्फबाट श्री नं २५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी रेग्मीलाई दिएको छ । चार लेनमा बनिरहेको पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ) को विषय अन्योल भएपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको थियो ।

Leave a Reply