२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

अ+ अ-

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गरेको छ ।

वन व्यवस्थापनले बाँस, फलफूल, बेसार खेती तथा लघुउद्यममार्फत वनले आम्दानी बढाउँदै स्थानीयलाई रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्दै आएको छ ।

करिब एक सय हेक्टर क्षेत्रफलमा दशकअघि रोपिएका पाँच हजारभन्दा बढी बाँसका बिरुवाको संरक्षण र व्यवस्थापन गर्दै आएको छ । हाल वनमा काँडे, पेले, लाठी, मलवास, निगाले, देहरादुन, लहरे र बुमलगायत विभिन्न प्रजातिका बाँस उत्पादन भइरहेका छन् ।

सामुदायिक वनका कार्यालय सचिव अम्भुसिंह धामीका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा बाँस बिक्रीबाट मात्रै रु. चार लाख ९२ हजार ९०५ आम्दानी भएको छ । आर्थिक वर्ष २०८०/८१ मा रु. एक लाख ९२ हजार १०५, २०८१/८२ मा रु, एक लाख ३० हजार ९५० र २०८२/८३ मा रु. एक लाख ६९ हजार ८५० आम्दानी भएको उनले जानकारी दिए ।

स्थानीय किसानले व्यावसायिक तरकारी खेती, डोको–डालो बुन्न, घर निर्माणमा सटरिङ गर्न, कुखुरा पालनका लागि टहरा बनाउन तथा भूक्षय नियन्त्रणका लागि जैविक तटबन्ध निर्माणमा बाँस प्रयोग गर्दै आएका छन् । प्रजातिअनुसार प्रतिगोटा बाँस रु. २०० देखि रु. ५०० सम्ममा बिक्री हुने गरेको छ ।

सामुदायिक वनले बाँससँगै फलफूल खेतीलाई पनि विस्तार गरेको छ । वन क्षेत्रमा चार हजार बियाँरहित कागती, पाकिस्तानी सुन्तलाका ५० बिरुवा तथा लिची, बम्बई, दह्रे, बाह्रमासे र आम्रपाली जातका करिब ५०० आँपका बिरुवा रोपिएका छन् । दशकअघि लगाइएका ती बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । फलफूल बगैँचा पाँच वर्षका लागि रु चार लाखमा ठेक्कामा दिइएको छ ।

सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार उपभोक्ताको आयआर्जन बढाउन दुना-टपरी तथा बाँस-बेत उद्योग सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक मेसिन खरिद गरिसकिएको र उद्योग सञ्चालनअघि उपभोक्तालाई सीपमूलक प्रशिक्षण दिइएको उनले बताए।

सामुदायिक वनले चार हेक्टर क्षेत्रफलमा बेसार खेती गर्दै आएको छ । यहाँबाट वार्षिक ४० देखि ५० क्विन्टलसम्म बेसार उत्पादन हुने गरेको छ । उत्पादन भएको बेसारलाई गुणस्तरीय रूपमा सुकाउन नगरपालिका र दातृ निकायको सहयोगमा सौर्य ड्रायर (सोलार ड्रायर) जडान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

वनले मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्न कैलालीस्थित वनस्पति अनुसन्धान केन्द्रबाट दुई हजार चिउरीका बिरुवा ल्याएर रोप्ने तयारी गरेको छ । साथै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि वनभित्र पिकनिकस्थल निर्माण तथा धार्मिक एवं पर्यटकीय महत्व बोकेको सुनदेवी तालसम्म पदमार्ग निर्माण गर्ने योजना अघि बढाइएको उनले बताए ।

सामुदायिक वनले संरक्षणसँगै सामुदायिक विकास, संरक्षण शिक्षा, विपन्न वर्ग लक्षित आयमूलक तथा सीपमूलक कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पूर्वाधार विकासमा खर्च गर्दै आएको छ ।

स्थानीय उपभोक्ता रमेश नेपालीका अनुसार वनले वन्यजन्तु बस्तीमा प्रवेश रोक्न मेसवायर जडान, टर्च लाइट वितरण, विद्यालयमा कम्प्युटर सहयोग, पुल–पुलेसा निर्माण, सडकमा ग्राभेलिङलगायत काम गर्दै आएको छ । विपन्न परिवारलाई आयआर्जनमूलक तथा सीप विकास कार्यक्रममार्फत आत्मनिर्भर बनाउन सामुदायिक वनले उल्लेखनीय योगदान पुर्‍याएको उनले बताए ।

सामुदायिक वनले आर्थिक वर्ष २०८२/८३ मा फलफूल, बाँस, काठ-दाउरा बिक्री तथा दण्ड–जरिवानाबाट रु ७४ लाखभन्दा बढी आम्दानी गरेको जनाएको छ । एक हजार ११ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा सघाउँदै आएको छ ।

Leave a Reply