२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माजिद अन्सारीको तत्काल रिहाइको माग गर्दै एम्नेस्टी इन्टरनेसनलको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल नेपालले जेन जेड अभियन्ता माजिद अन्सारीलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।

संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी समुदायप्रति ऐक्यबद्धता जनाउन पुगेका क्रममा पक्राउ परेका अन्सारीको रिहाइको माग गरेको हो ।

प्रहरीले शनिबार माजिद अन्सारीसहित जेन जेड अभियन्ताहरू सरिष्मा थापा र नेल्सन घतानीलाई नियन्त्रणमा लिएको थियो । उनीहरू हाल हिरासतमा रहेको जनाइएको छ ।

एम्नेस्टीले सार्वजनिक भएका भिडियो सामग्रीमा प्रहरी नियन्त्रणमा लिनुअघि अभियन्ताहरूमाथि दुर्व्यवहार तथा बल प्रयोग गरिएको देखिएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । संस्थाका अनुसार ती दृश्यमा अन्सारीको अनुहारमा चोट लागेको र रगत देखिएको उल्लेख गर्दै घटनाबारे गम्भीर चासो व्यक्त गरिएको छ ।

शान्तिपूर्ण रूपमा ऐक्यबद्धता जनाउने क्रममा अभियन्ताहरूलाई नियन्त्रणमा लिइनु, अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र व्यक्तिगत स्वतन्त्रतासम्बन्धी अधिकारको अवस्थाबारे प्रश्न उठाउने विषय भएको एम्नेस्टीको भनाइ छ ।

मानव अधिकार संरक्षणका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा कार्यरत एम्नेस्टी इन्टरनेसनलले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष समीक्षा गर्दै नागरिक अधिकारको सम्मान सुनिश्चित गर्न आग्रह गरेको छ ।

0 Comments