३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहमतिका लागि सांसद सिंहको आग्रह

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले देशमा संकटको अवस्था देखिएको र नागरिकमा निराशा बढ्दै गएको उल्लेख गरे। यस्तो परिस्थितिमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ थियो।

सिंहले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय प्राथमिकताका विषय पहिचान गरी सबै दलको सहमतिमा अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे।

उनले राज्यको स्थायित्व, लोकतान्त्रिक व्यवस्था र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। राज्य र जनता सुरक्षित तथा सबल रहेमा मात्रै राजनीतिक प्रणाली सुदृढ रहने उल्लेख गर्दै लोकतन्त्र र नागरिक हितमा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधिबाट सबै पक्ष सचेत हुनुपर्ने उनको धारणा थियो।

बैठकका क्रममा सिंहले यसै साता आत्मदाहको प्रयासपछि ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरे।

0 Comments