३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ।

अदालतले दिएको अन्तरिम आदेशको भावना विपरीत आयोगले गतिविधि अघि बढाएको आरोपसहित रिट निवेदक डा. प्रेमराज सिलवालले निवेदन पेश गरेका हुन्।

निवेदक सिलवालले सर्वोच्च अदालतको आदेश सबै सम्बन्धित पक्षका लागि लागू हुने भए पनि आयोगले त्यसलाई सीमित समूहमा मात्र लागू हुने गरी सूचना जारी गरेको दाबी गरेका छन्।

विशेष गरी न्यायाधीश र सैनिक अधिकारीहरूको हकमा मात्र अन्तरिम आदेश लागू हुने किसिमको व्याख्या गरिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आयोगका पदाधिकारीविरुद्ध अवहेलना निवेदन परेको जानकारी दिएका छन्। उनका अनुसार उक्त निवेदन प्रारम्भिक सुनुवाइका लागि एकल इजलासमा पेस हुनेछ र त्यसपछि आवश्यक निर्णय प्रक्रिया अघि बढ्नेछ।

यसअघि सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको कामकारबाहीलाई तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो। रिटको अन्तिम टुंगो नलागेसम्म आयोगले कुनै व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्नसमेत अदालतले आदेश दिएको थियो।

अदालतको आदेशको व्याख्या र कार्यान्वयनमा देखिएको विवादपछि आयोगका पदाधिकारीमाथि अवहेलना निवेदन परेको हो।

0 Comments