३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडिपीसँग विकास सहकार्य चाहेको छ’ : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग विकास सहकार्य चाहेको बताएका छन् ।

नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा  सहकार्य गरेकोमा युएनडिपीलाई धन्यवाद पनि दिए ।

गरिबी निवारण, असमानता न्यूनीकरण र  दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ । यहाँहरूलाई धेरै धेरै धन्यवाद, ‘अर्थमन्त्री वाग्लेले भने, ‘आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।’

संयुक्त राष्ट्रसंघको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उनले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए ।

नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले युएनडिपीलाई धन्यवाद दिए ।

आफूले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उहाँले स्मरण गरे ।  

सो अवसरमा उनले युएनडिपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब ६० वर्षको सहयात्रा सार्वजनिक पनि गरेका थिए।

0 Comments