३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीमा मानव तस्करी र सशस्त्र आक्रमणको योजना विरुद्धको सुरक्षा कारबाहीमा ६४ जना पक्राउ

अ+ अ-

काठमाडौँ । टर्कीका सुरक्षा निकायहरूले मानव तस्करी विरुद्धको राष्ट्रव्यापी अभियान र इस्तानबुलमा हुन लागेको एक सशस्त्र आक्रमणको योजनालाई असफल तुल्याउँदै ६४ जनालाई पक्राउ गरेका छन् ।

टर्कीको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मानव तस्करीमा संलग्न सञ्जाल विरुद्ध देशका २६ प्रान्तहरूमा सञ्चालित समन्वयकारी छापाका क्रममा ५७ जना संदिग्धहरूलाई नियन्त्रणमा लिइएको छ । ‘जेण्डरमेरी जनरल कमाण्ड’को नेतृत्वमा भएको यस कारबाहीमा कमाण्डो र राजमार्ग सुरक्षा एकाइहरू परिचालन गरिएको थियो भने हवाई निगरानीमार्फत उनीहरूलाई सहयोग पुर्‍याइएको मन्त्रालयले जनाएको छ । यस अभियानका क्रममा सुरक्षा बलले अवैध रूपमा सीमा पार गर्न प्रयोग गरिने २८२ वटा सवारी साधनका साथै २२ वटा डुङ्गा र समुन्द्री इन्जिनहरू जफत गरेको छ ।

टर्कीको तटरक्षक बल (कोस्ट गार्ड कमाण्ड) काअनुसार यस वर्ष जुलाई १४ सम्म टर्कीको समुन्द्री क्षेत्रमा १८६ वटा अवैध आप्रवासनका घटनाहरू रेकर्ड भएका छन् । जसमा ४,४४९ आप्रवासीहरू संलग्न थिए । गत वर्षको सोही अवधिमा यो सङ्ख्या ९,६०४ रहेको थियो । यद्यपि, समुन्द्री दुर्घटनामा परी ज्यान गुमाउने आप्रवासीहरूको सङ्ख्यामा भने वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा २८ जनाको मृत्यु भएकोमा यस वर्ष ४३ जनाको मृत्यु भइसकेको छ ।

आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार टर्कीमा हाल ३६ लाखभन्दा बढी दर्ता भएका विदेशीहरू बसोबास गर्छन्, जसमा अस्थायी सुरक्षा अन्तर्गत रहेका २२ लाख ४० हजार सिरियाली नागरिकहरू सामेल छन् ।

यसैबीच, टर्की प्रहरीले इस्तानबुलमा सशस्त्र आक्रमणको तयारी गरिरहेका ७ जना संदिग्धहरूलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

इस्तानबुल प्रहरी विभागले मङ्गलवार सार्वजनिक गरेको जानकारी अनुसार, इयुप्सुलतान जिल्लामा गोली चलेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

सो क्रममा प्रहरीले लामो दूरीको हतियार र बम बोकेका एक संदिग्धलाई पक्राउ गरेको थियो । त्यस लगत्तै १० वटा विभिन्न स्थानमा गरिएका छापामा अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले आक्रमणका लागि तयार पारिएका घरेलु विस्फोटक पदार्थ, गोलाबारुद र अन्य रणनीतिक सामग्रीहरू बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरू कुनै खास सङ्गठनसँग आबद्ध रहे/नरहेको बारे अधिकारीहरूले अहिलेसम्म केही खुलाएका छैनन् ।

0 Comments