काठमाडौँ। नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको आक्रमण घटनामा संलग्नताको आरोप लागेपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो।
कपिलवस्तुको कृष्णनगरमा भएको उक्त घटनामा लामो समयसम्म कारबाही नभएको भन्दै दबाब बढेपछि प्रहरीले शाहविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
कपिलवस्तु प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहले शाहविरुद्ध मुद्दा दर्ता भइसकेको र घटनासम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा गरिने जनाएको छ।







