४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको संस्थापनइतर समूहद्वारा पार्टी एकताका लागि पाँच बुँदे धारणा सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्ने उद्देश्यसहित आफूहरूले यसअघि नै प्रस्तुत गरेको पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति तथा जिल्ला सभापतिहरूको बैठकपछि जारी विज्ञप्तिमार्फत उक्त प्रस्ताव सार्वजनिक गरिएको हो।

समूहले पार्टी एकतासम्बन्धी छलफलका क्रममा आफूहरूले अव्यवहारिक वा नयाँ-नयाँ सर्त अघि सारेको भन्ने प्रचारलाई तथ्यहीन र भ्रामक दाबी गरेको छ। विज्ञप्तिमा नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टी एकतालाई जटिल बनाउने प्रस्ताव अघि सारेको भन्ने चर्चा सत्य नभएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत पठाएको प्रस्तावमाथि संस्थापनइतर समूहले २०८३ जेठ १८ गते नै औपचारिक रूपमा छलफल गरी सहमतिका आधार तयार गर्न सकिने गरी आफ्नो धारणा र सुझावसहित जवाफ दिएको जनाएको छ।

बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा त्यसबेला पठाइएको सोही पाँच बुँदे प्रस्तावलाई अहिले सार्वजनिक गरिएको उल्लेख गरिएको छ। समूहका अनुसार प्रस्तावहरू पार्टीभित्र सहमति कायम गर्दै एकताको प्रक्रियालाई अघि बढाउने उद्देश्यले तयार गरिएको हो।

संस्थापनइतर समूहले सार्वजनिक गरेको पाँच बुँदे प्रस्ताव

संस्थापनइतर समूहले पार्टी एकताको आधारका रूपमा निम्न पाँच बुँदे प्रस्ताव अघि सारेको जनाएको छः

१. चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरी सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।

२. सभापति थापाको बहुमत सुनिश्चित हुने संरचनामा कार्यसम्पादन समिति गठन गर्ने।

३. पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गर्ने।

४. महाधिवेशन व्यवस्थापनसँग सम्बन्धित विभिन्न समितिहरू हालको संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्ने।

५. १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा थप विवाद सिर्जना हुन नदिन तत्कालीन महामन्त्री तथा हालका सभापति गगनकुमार थापाको संयोजकत्वमा रहेको समितिबाट टुंगो लगाइएका सबै क्रियाशील सदस्यलाई स्वतः महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्ने तथा उनीहरूको विवरण क्रमशः डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने। साथै, डिजिटल अभिलेखीकरणलाई पुनः नवीकरणसँग नजोडी महाधिवेशनमा सहभागी हुने अधिकारमा कुनै असर नपर्ने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ।

0 Comments