काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका-१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौँको माइतीघर क्षेत्रबाट पक्राउ गरिएको हो।
शाहीमाथि एक जना व्यक्तिलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
पक्राउ परेकी शाहीमाथि वैदेशिक रोजगार ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।







