५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतमा न्यायिक सुशासन केन्द्र सञ्चालन, एक महिनामै १८६ गुनासो दर्ता

अ+ अ-

काठमाडौँ । न्यायपालिकाभित्र देखिने समस्या, सेवाग्राहीका गुनासा तथा उजुरीलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्यले सर्वोच्च अदालतले न्यायिक सुशासन केन्द्र स्थापना गरेको छ ।

प्रधानन्या याधीश डा. मनोज शर्माको निर्णयअनुसार गत जेठ मसान्तबाट प्रधानन्यायाधीशको सचिवालयअन्तर्गत रहने गरी केन्द्र स्थापना गरिएको हो । न्यायालयसँग सम्बन्धित गुनासो तथा उजुरीलाई एउटै प्रणालीमार्फत संकलन, अध्ययन र समाधान गर्ने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतका अनुसार केन्द्र स्थापना भएको एक महिनाको अवधिमा विभिन्न माध्यमबाट १८६ वटा गुनासो प्राप्त भएका छन् । सेवाग्राहीले अदालतमा प्रत्यक्ष उपस्थित भएर, इमेलमार्फत, टोल फ्री नम्बर तथा ह्वाट्सएपलगायतका माध्यम प्रयोग गरी आफ्ना समस्या र उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

केन्द्रमार्फत प्राप्त उजुरीको आधारमा लामो समयदेखि प्रक्रियामा अगाडि बढ्न नसकेका मुद्दामा पेशी व्यवस्थापन गरिएको, हराएका मिसिल खोजी गरी प्रक्रिया अघि बढाइएको, रिट निवेदन दर्तासम्बन्धी अन्योल समाधान गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ । त्यस्तै, संवेदनशील प्रकृतिका मुद्दामा क्षतिपूर्ति प्रक्रियामा भएको ढिलाइबारे समेत आवश्यक समन्वय गरिएको अदालतको भनाइ छ ।

प्रधानन्यायाधीश डा. शर्माले संसदीय सुनुवाइका क्रममा न्यायपालिकाभित्रका गुनासा प्रभावकारी ढंगले सम्बोधन गर्न छुट्टै संयन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पदभार ग्रहण गरेपछि उनले सेवाग्राहीका समस्या समयमै पहिचान गरी समाधान गर्न गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

सर्वोच्च अदालतले न्यायिक सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउन केन्द्रले सहजीकरण गर्ने जनाएको छ ।

0 Comments