६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी आन्दोलनमाथिको दमनलाई लिएर राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीको राजीनामा माग

अ+ अ-

काठमाडौँ । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारको माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरेका छन् ।

काँग्रेस पार्टीका नेता गान्धीले मंगलबार प्रधानमन्त्री निवास नजिकै अन्य विपक्षी सांसदसँगको प्रदर्शनका क्रममा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताए।

“सरकार न त जबाफदेहिता लिन चाहन्छ, न त यस विषयमा संसद्मा बहस गर्न तयार छ,” तल्लो सदनका विपक्षी दलका नेता गान्धीले उल्लेख गरेका छन् ।

सोमबार नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा करिब ६० जना प्रदर्शनकारी घाइते भएका थिए । पछिल्लो करिब पाँच वर्षयताकै ठूलो सडक प्रदर्शनका रूपमा हेरिएको उक्त घटनामा प्रहरीतर्फ पनि ११८ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ ।

‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । प्रहरीले प्रदर्शन नियन्त्रणका क्रममा अश्रुग्याँस र लाठी प्रयोग गरेको जनाएको छ भने प्रदर्शनकारीले ढुङ्गामुढा गरेको आरोप लगाएको छ ।

सीजेपीले मङ्गलबार पनि जन्तर–मन्तरमा प्रदर्शन जारी राख्दै शिक्षा मन्त्रीलाई पदबाट हटाउनुपर्ने माग दोहोर्‍याएको छ । गत मे महिनामा सुरु भएको उक्त अभियानले सामाजिक सञ्जालमार्फत ठूलो समर्थन जुटाएको बताइएको छ ।

सीजेपीका प्रवक्ता आशुतोष राङ्काले आन्दोलन नरोकिने बताउँदै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गरे ।

प्रदर्शनकारीले प्रहरीको कारबाहीको आलोचना गर्दै लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाएका छन् । सीजेपीका संस्थापक अभिजीत दिपकेले समर्थकलाई धैर्य राख्न आग्रह गर्दै आन्दोलन जारी रहने बताए। यसैबीच, विपक्षी दलले संसद्माविद्यार्थीमाथि गरिएको दमन बारे छलफलको माग गरेपछि मङ्गलबार संसद् बैठक अवरुद्ध भएको छ ।

भारतमा परीक्षा प्रणालीप्रतिको विश्वास कमजोर बनाउने गरी भएका प्रश्न पत्र चुहावट र अनियमितताका घटनापछि पछिल्लो आन्दोलन चर्किएको हो । मेडिकल तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा देखिएका अनियमितताले विद्यार्थी र अभिभावकबीच असन्तुष्टि बढाएको विपक्षी दलको भनाइ छ ।

यता, संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकारले परीक्षा अनियमितताविरुद्ध तत्काल कदम चालेको र संलग्न व्यक्तिमाथि कारबाही गरिएको बताए । प्रधानमन्त्री मोदीले भने हालसम्म यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैन ।

0 Comments