६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

अ+ अ-

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो ।  

सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्र गतिमा सवारी चलाएका कारण भएको निष्कर्ष दिएको छ । दुवै घटना सडक दुर्घटनाका उदाहरण मात्र हुन् । 

यसैबीच, दाङ जिल्लामा आव २०८२/८३ मा ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिए। 

उनका अनुसार ती दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भए । त्यस्ता दुर्घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका थिए । सडक दुर्घटना हुनुका मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन, चालकको लापरबाही, सडकको अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ । 

प्रहरीले यस्ता दुर्घटना नदोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ ।

यसैबीच, पछिल्लो समय ट्राफिक प्रहरीले जथाभाबी सडक वारपार गर्ने पैदल यात्रुलाई सचेतना तथा चालकका लागि नि:शुल्क स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गरिरहेको छ ।

0 Comments