काठमाडौँ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीले केसीलाई पक्राउ गरेको हो। साइबर ब्युरोका अनुसार उनीविरुद्ध साइबर कसुरसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।
काठमाडौँ जिल्ला अदालतबाट केसीविरुद्ध एक दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार केसीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब माध्यम प्रयोग गरी राधिका दासीलाई लक्षित गर्दै अफवाह फैलाएको आरोप लागेको छ। सोही आरोपका आधारमा साइबर कसुरसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







