काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक साउन १० गते आह्वान गरेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने तय गरिएको छ। बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
बैठकको कार्यसूचीमा पाँच प्रमुख विषय समावेश गरिएको छ। तीमध्ये शून्य समय, बी.पी. स्मृति दिवसका अवसरमा सञ्चालन गरिएको ‘ग्रिन रन’ लगायतका कार्यक्रमको समीक्षा, विभिन्न उपसमितिको कार्ययोजना प्रस्तुतीकरण, आवश्यकताअनुसार थप उपसमिति गठन तथा विस्तार, र समसामयिक विषयमा छलफल रहेका छन्।
पार्टीले बैठकमार्फत प्रतिष्ठानअन्तर्गतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ।






