११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवानगञ्ज घटनामा गोली चल्नुपर्ने अवस्थाबारे गगन थापाको प्रश्न, निष्पक्ष छानबिनको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राज्य संयन्त्रको भूमिकाबारे प्रश्न उठाएका छन् ।

थापाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील अवस्थामा राज्य संयन्त्र थप जिम्मेवार, संयमित र सतर्क हुनुपर्ने धारणा व्यक्त गरेका छन् । नागरिकको मृत्यु हुने गरी सुरक्षाकर्मीले गोली चलाउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने विषयमा उनले सरकारसँग जवाफ माग गरेका छन् ।

थापाले समयमै जोखिमको पहिचान, समन्वय र आवश्यक सुरक्षा सतर्कता अपनाउन सके घटना नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै मानवीय क्षति हुने अवस्था आउनु दुःखद भएको उल्लेख गरेका छन् ।

उनले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । साथै घाइतेहरूको प्रभावकारी उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ नगर्न आग्रह गरेका छन् ।

घटनापछि प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै जनविश्वास पुनःस्थापना गर्ने गरी संवेदनशीलताका साथ अवस्था व्यवस्थापन गर्नुपर्ने थापाको भनाइ छ ।

उनले स्थानीय बासिन्दा, सामुदायिक संस्था, नागरिक समाज तथा राजनीतिक दललगायत सबै पक्षलाई संयमता अपनाउन, अपवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न योगदान गर्न आग्रह गरेका छन् ।

0 Comments