काठमाडौँ । सुर्खेत लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका आठ जनाको माया नर्सिङ होम, सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल, दशरथपुर (सुर्खेत) मा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त जिपलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।






