१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी सरकारबाट काँग्रेसले लियो समर्थन फिर्ता, पाँच मन्त्रीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै काँग्रेस सरकारबाट बाहिरिएको छ । काँग्रेसले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ ।

काँग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री आचार्यलाई समर्थन फिर्तासम्बन्धी पत्र बुझाउँदै पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा हस्तान्तरण गरेकी हुन् ।

राजीनामा दिनेमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन् ।

केन्द्रीय तहमा राजनीतिक समीकरण परिवर्तन भएपछि त्यसको प्रभाव लुम्बिनी प्रदेश सरकारमा परेको हो । सोही क्रममा काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले पदबाट राजीनामा दिँदै सरकारबाट बाहिरिने निर्णय गरेका हुन् ।

काँग्रेसको बहिर्गमनपछि लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समीकरणअनुसार सरकार पुनर्गठनको तयारी सुरु भएको छ ।

0 Comments