१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव बेचबिखन नियन्त्रणका लागि बहुपक्षीय सहकार्य आवश्यक’ : प्रहरी महानिरीक्षक कार्की

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनलाई संगठित अपराध र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यसको नियन्त्रणका लागि सुरक्षा निकाय, न्याय प्रणाली, स्थानीय सरकार, नागरिक समाज, सञ्चार क्षेत्र, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस २०२६ को अवसरमा ठगीको जालमा फसेका’ नारासहित नेपाल प्रहरीको आयोजना तथा माइती नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै यसलाई परम्परागत अपराधका रूपमा मात्र बुझ्न नहुने धारणा राखे । उनले साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक गतिविधिसँग जोडिएका नयाँ प्रवृत्तिले चुनौती थपेको बताए ।

उनका अनुसार मानव तस्करहरूले पीडितका कागजात प्रयोग गरी अनलाइन ठगी, साइबर स्क्यामलगायत गतिविधि सञ्चालन गर्ने प्रवृत्ति बढिरहेको छ । यस्ता जोखिम नियन्त्रणका लागि नेपाल प्रहरीले सूचना संकलन प्रणाली विस्तार, सीमा क्षेत्रमा निगरानी वृद्धि, जोखिममा रहेका यात्रुको पहिचान तथा ठगी गर्ने संस्था र आवरणमा मानव तस्करी गर्ने समूहविरुद्ध कारबाहीलाई प्राथमिकता दिँदै आएको उनले बताए ।

कार्कीले मानव बेचबिखन नियन्त्रणका लागि सचेतना, उद्धार, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । अन्तरक्रियाबाट प्राप्त सुझाव र निष्कर्षले प्रहरी अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा मानव बेचबिखनविरुद्ध राष्ट्रिय सचेतना अभियानमा आगामी एक वर्षसम्म सहकार्य गर्ने वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रहरी महानिरीक्षक कार्कीले कदर पत्र प्रदान गरे । उनीहरूले कला र लोकप्रियताको माध्यमबाट मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले समापन मन्तव्य दिएका थिए भने नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपककुमार बस्नेतले स्वागत मन्तव्य राखेका थिए । वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि कार्यक्रममा धारणा राखेका थिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचबिखन, ओसारपसार तथा मानव तस्करीको अवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी र माइती नेपालले तयार पारेका जनचेतनामूलक श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।

छलफलमा मानव बेचबिखन नियन्त्रण, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षाका उपाय, अन्तर्राष्ट्रिय समन्वय तथा अनुसन्धानका चुनौतीलगायत विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।

डिजिटल माध्यमबाट हुने बेचबिखनका जोखिमबारे नागरिकलाई सचेत बनाउने, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र समुदायबीच सहकार्य बढाउने तथा युवालाई सुरक्षित डिजिटल व्यवहारतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा प्रहरी उच्च अधिकारी, विभिन्न सरकारी निकायका प्रतिनिधि, मानव अधिकार तथा महिला–बालबालिका क्षेत्रका सरोकारवाला, माइती नेपालका पदाधिकारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

0 Comments