काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँले दुई फरक कसुरमा छुट्टाछुट्टै रकम तोकी उनलाई छाड्ने निर्णय गरेको हो।
जिल्ला अदालत काठमाडौँकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार भएको सुनुवाइपछि गोल्छाको हकमा धरौटीको आदेश जारी गरेको हो।
अदालतको आदेश अनुसार बिमा क्षेत्रसँग सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितो पत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी कायम गरिएको छ। दुवै शीर्षकमा तोकिएको रकम गरी कुल एक करोड रुपैयाँ धरौटी बुझाएपछि गोल्छा रिहा हुने व्यवस्था गरिएको अदालतले जनाएको छ।






