१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै १५ उच्च प्रहरी अधिकृत परिचालन, को कहाँ पुगे ?

अ+ अ-

काठमाडौँ । मधेश क्षेत्रमा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीको समग्र मुल्यांकन गर्दै नेपाल प्रहरीले वरिष्ठ तहका १५ अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयले एआईजी, डीआईजी र एसएसपी तहका अधिकृतलाई प्रदेश तथा जिल्ला तहमा समन्वय र सुरक्षा व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सुरक्षा अवस्था प्रभावकारी बनाउन उच्च अधिकृतहरूलाई तराई-मधेश क्षेत्रमा केन्द्रित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले घटनाको प्रकृति र आवश्यकताअनुसार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उच्च अधिकृतहरुलाई फिल्ड जिम्मेवारी दिएको जनाएको छ ।

सुरक्षा व्यवस्थापनका लागि परिचालन गरिएका उच्च प्रहरी अधिकृतमध्ये एआईजी सिद्धीविक्रम शाहलाई बाँके, एआईजी हिमालय कुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तु र एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ । यस्तै, डीआईजी दिनेश कुमार आचार्यलाई सिरहा तथा डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ ।

यसैगरी एसएसपी गोपाल चन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी नवराज अधिकारीलाई चितवन, एसएसपी कृष्ण प्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी होबिन्द्र बोगटीलाई बारा, एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँललाई मोरङ र एसएसपी भुवनेश्वर तिवारीलाई धनुषाको जिम्मेवारी दिइएको छ । एसएसपी अमरेन्द्र बहादुर सिंहलाई भने मधेश क्षेत्रको समग्र सुरक्षा समन्वयका लागि परिचालन गरिएको छ ।

0 Comments