१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’ : पूर्वराष्ट्रपति डा. यादव

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गरेको भेटघाटपछि कुरा गर्दै डा. यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

शीतल निवासमा भएको उक्त छलफलमा पूर्वराष्ट्रपति यादवसहित पूर्वउपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट पदाधिकारीहरूको सहभागिता रहेको थियो । पूर्वराष्ट्रपति यादवले सुनसरीमा दुई समुदायबीच भएको घटनापछि तराईका जिल्लामा भएको झडप र प्रदर्शनका घटनाहरूमा तीन जना नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति संवेदना प्रकट गरे । उनले राज्यका निकायहरूले समयमै सही सूचना प्राप्त गरी व्यवस्थापन गर्न नसक्दा यस्ता अप्रिय घटना हुने गरेको उल्लेख गरे । 

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै डा. यादवले राज्यले सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवाहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने सुझाव दिए। 

उनले भने, ‘अहिलेको डिजिटल र सामाजिक सञ्जालको युगमा सही सूचनासँगै गलत सूचना पनि छिटो प्रवाह हुन्छ । यस्तो अवस्थामा राज्यले समयमै प्रभावकारी कदम चाल्न सकेको भए स्थिति नियन्त्रणमा रहने थियो । हाम्रो भूगोल र समुदायमा विविधता छ, तर सबैभन्दा पहिले हामी नेपाली हौँ । राष्ट्रको हित नचाहने तत्त्वहरूले कहिलेकाहीँ यस्तो विविधतामा खेल्ने प्रयास गर्छन्, जसमा हामी सचेत हुनुपर्छ । विविधतामा एकता नै हाम्रो शक्ति हो । राज्यले यो शक्तिलाई पहिचान गरी सबै पक्षलाई एकजुट बनाउने कौशल देखाउनुपर्छ । बल प्रयोग गर्नुभन्दा पनि संयमता र समन्वयका साथ समस्याको समाधान खोजिनुपर्छ ।’

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै उनले कुनै पनि बहानामा सामाजिक विखण्डन हुन नदिन आग्रह गरे । 

संकटको घडीमा सरकारलाई मात्र दोष नदिएर समुदाय र सचेत नागरिकले पनि शान्ति र अमनचयन कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

राष्ट्रपति पौडेलको राष्ट्रिय एकता र सद्भावप्रतिको चिन्तालाई समर्थन गर्दै डा. यादवले देशमा शान्ति स्थापनाका लागि सबै नेपालीलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

0 Comments