काठमाडौँ । जिल्ला नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् ।
सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुश नगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ बस्ने ३६ वर्षीय कमल रानाको उपचार भई रहेको छ ।
भारतीय नम्बर प्लेटको यूपि ५७ बिपी ४१६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






