१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा राजनीतिक दल, हिन्दु, मुस्लिम, इसाईलगायत धार्मिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रमा सामाजिक सद्भाव तथा सार्वजनिक हितका लागि क्रियाशील रहने बताए । 

प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्वी नेपाल र तराई-मधेसका केही जिल्लामा धार्मिक सद्भावविरोधी गतिविधि बढिरहेकाले त्यसको प्रभाव पर्न नदिन कैलालीमा उच्च सतर्कता अपनाइएको बताए । उनले सीमा क्षेत्रबाट हुने शंकास्पद गतिविधि र आवतजावत तथा जोखिम हुनसक्ने क्षेत्रमा प्रशासनले निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए । 

हिन्दु, मुस्लिम र इसाई धर्मका अगुवाहरूले आफ्नो समुदायका व्यक्तिबाट कुनै पनि गलत क्रियाकलाप हुन नदिन आफूहरू सचेत रहेका तथा गलत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडाध्यक्षको समन्वयमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका स्तरमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ । 

यस्तै, कुनै एउटा धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सकेसम्म धार्मिक सभा, जुलुस वा अन्य कार्यक्रम नगर्ने तथा गर्नै परे पूर्वस्वीकृति लिने, धार्मिक गतिविधिका क्रममा हतियार, लाठी, भालालगायतका सामग्री प्रदर्शन वा प्रयोग नगर्ने र अर्को समुदायको धार्मिक आस्थामा आघात पुग्ने गतिविधि नगर्ने सहमति भएको छ । कुनै व्यक्ति वा संस्थाले धार्मिक समुदायको बदनाम हुने गरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रचार–प्रसार गरे कानुनबमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको छ । 

यसैगरी, जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने र स्थानीय प्रशासनले सीमामा उच्च निगरानी गर्ने जनाइएको छ । 

यस्तै, कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ-संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा आमनागरिकको सहभागितामा सोमबार नागरिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरिएको छ ।

0 Comments