१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस

अ+ अ-

काठमाडौँ । मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले अतिथिहरूको सम्मानमा आइतबार साँझ यहाँ रात्रि भोजको आयोजना गरेको थियो । सो अवसरमा नेपाल र भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, महावाणिज्यदूत मेघा चौधरीलगायतले दुई देशका आपसी हित र सम्भावित व्यापार, लगानी र पर्यटनका विविध विषयमा चर्चा गरेका थिए । 

उनीहरूले नेपाल र मोरक्कोबीच स्थापना भएको मैत्रीपूर्ण र कूटनीतिक सम्बन्धका साथै  आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए । समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, दुवै देशका उच्च सरकारी अधिकारी, व्यापारी, लगानीकर्ता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

यसअघि आइतबार बिहान महावाणिज्यदूतको कार्यालय, थापाथलीमा विशेष समारोहको आयोजना गरी मोरक्कोका राजदूत मलिकी र वाणिज्यदूत चौधरीले संयुक्त रूपमा मोरक्कोको झण्डा फहराएका थिए । 

सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको बताएकी थिइन् । बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका सह अध्यक्षसमेत रहेका चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएको थियो । 

दिवसकै अवसरमा मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने तथा द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आइतबार प्रदर्शनी आयोजना गरिएको थियो ।

ललितपुरको एक होटलमा आयोजना गरिएको प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहेका थिए । मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको दिनको सम्झनामा राष्ट्रिय दिवसका रूपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ ।

0 Comments