१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव नरेको स्वास्थ्य मन्त्री मेहताको दाबी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव नरहेको दाबी गरेकी छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् ।

उनले देशभर सर्पदंश उपचारका लागि हाल १ हजार २ सय ६९ भायल एन्टिभेनम मौज्दात रहेको जानकारी दिइन् । उनले स्वास्थ्य सेवा विभागको मंगलवारको तथ्यांकअनुसार केन्द्रिय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा गरी उक्त परिमाणमा एन्टिभेनम उपलब्ध रहेको बताइन् ।

उनकाअनुसार हाल मौज्दात रहेको १ हजार २ सय ६० भायल एन्टिभेनमबाट विष लागेको तथा नलागेको गरी करिव ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको छ ।

मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक १३ हजार २ सय भायल एन्टिस्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् । उनले तत्काल एन्टिभेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताइन । उनले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य सेवा विभागको आजको तथ्यांकअनुसार हाल देशभरि केन्द्रिय स्टोरमा १ सय ३८, प्रादेशिक आपूर्ति केन्द्रहरूमा ४ सय ४४, स्वास्थ्य कार्यालयहरूमा २ सय २२ तथा सर्पदंश उपचार केन्द्रहरूमा४ सय ६५ गरी जम्मा १ हजार २ सय ६९ एन्टिभेनम मौज्दात रहेको म यो सदनलाई जानकारी गराउन चाहन्छु । हाल उपलब्ध १ हजार २ सय ६९ भायल एन्टिभेनमबाट ८ सय ५० जना विषको लक्षण भएको र नभएको सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक आँकलन रहेको छ । स्वास्थ्य सेवा विभागबाट १३ हजार २ सय भायल सर्पदंश उपचारका लागि आवश्यक पर्ने एन्टिस्नेक भेनमको खरिद प्रक्रिया अगाडि बढाइएको पनि म जानकारी गराउन चाहन्छु । र साउन मसान्तसम्म आपूर्ति हुने गरी व्यवस्था गरिएको छ । तत्काल खोपको अभाव हुन नदिनको लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी खोपको आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थाका लागि थप प्रभावकारी र दिगो बनाउने कुरामा जोड दिइएको छ ।’

मन्त्री मेहताले रेबिजविरुद्धको भ्याक्सिन (खोप) आपूर्तिको समेत समस्या नरहेको बताइन् । उनले हाल स्वास्थ्य विभागले २ लाख ७४ हजार भायल एमआरभि खरिदका सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताइन् । उनले १ लाख ९० लाख एमआरभि गत हप्ता आपूर्ति भइसकेको जानकारी दिइन् । देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको जानकारी समेत दिइन् ।

0 Comments