काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा रु चार हजार दुई सय रुपैयाँले बढेर रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छन् ।
मंगलबार सुन तोलामा दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ९५ रुपैयाँले बढेर रु चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो ।






