हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारमा ट्रक पल्टँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको पालुङबाट वीरगंज आइरहेको तरकारी लोड भएको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल चण्डी खोलामा बिहान २:३० बजे खसेको प्रहरीले जनाएको छ ।
ट्रकमा सवार मकवानपुर, राक्सिराङ–९ का ३६ वर्षी अर्जुन कार्कीको मृत्यु भएको हो । ट्रकमा सवार चालक मकवानपुर, राक्सिराङ–९ का २३ को रंजीत कार्की र काका नाता पर्ने ३६ वर्षीय अर्जुन घाइते भएकामा उद्धार गरी उपचारको लागि हेटौँडा ल्याइएको थियो ।
बिहान ९:१५ बजे हेटौँडा अस्पतालका चिकित्सकले अर्जुनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।






