२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीशमाथि दबाबको दाबीप्रति सरकारको आपत्ति, संसद्को अधिकारमाथि प्रश्न उठाउने काम भएको टिप्पणी

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबाब दिइएको भन्ने केही अन्तर्राष्ट्रिय संस्थाहरूको दाबीप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकमा मन्त्री गौतमले उक्त दाबीको आधार र प्रमाणबारे प्रश्न उठाउँदै तथ्यविहीन आरोप स्वीकार्य नहुने बताएकी हुन् ।

केही अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन दबाब दिइएको तथा अस्वीकार गरे महाभियोगको सामना गर्नुपर्ने चेतावनी दिइएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेका थिए ।

मन्त्री गौतमले ती संस्थाहरूले उल्लेख गरेको ‘विश्वसनीय प्रतिवेदन’ को आधार सार्वजनिक गर्न माग गरिन् । उनले सरकारका कुनै पनि निकाय वा प्रतिनिधिबाट न्यायाधीशहरूलाई त्यस्तो किसिमको दबाब नदिइएको स्पष्ट पारिन् ।

उनका अनुसार नेपालको न्यायपालिका, शक्ति पृथकीकरण र लोकतान्त्रिक संस्थाको संरक्षणमा सरकार प्रतिबद्ध रहे पनि प्रमाणबिनाका निष्कर्ष र सार्वजनिक टिप्पणीले मुलुकको आन्तरिक प्रणालीमाथि अनावश्यक प्रश्न खडा गर्ने अवस्था सिर्जना गरेको छ ।

“सरकारको कुनै पनि प्रतिनिधिले त्यस्तो राजनीतिक दबाब दिएको छैन । ठोस आधार र प्रमाणबिना संयुक्त विज्ञप्ति सार्वजनिक गर्नु उचित होइन,” मन्त्री गौतमको भनाइ थियो ।

उनले अन्तर्राष्ट्रिय संस्था र नागरिक समाजले नेपालको लोकतान्त्रिक अभ्यास तथा न्यायिक स्वतन्त्रताबारे चासो राख्न पाउने भए पनि संसद्को संवैधानिक अधिकार क्षेत्रमाथि नै प्रश्न उठाउने वा बाह्य दृष्टिकोणबाट निर्णयमाथि प्रभाव पार्ने प्रयास स्वीकार्य नहुने बताइन् ।

मन्त्री गौतमले विधायिकी प्रक्रिया र महाभियोगसम्बन्धी विषय संसद्को संवैधानिक अधिकारभित्र पर्ने उल्लेख गर्दै बाह्य संस्थाले त्यसलाई गलत ढंगले व्याख्या गर्न नहुने धारणा राखिन् ।

बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको अवस्था, न्याय क्षेत्रमा देखिएका चुनौती र सुधारका सम्भावित उपायबारे छलफल भएको थियो । मन्त्री गौतमले राष्ट्रिय संवेदनशीलताका विषयमा सबै पक्षबीच सहकार्य र संवाद आवश्यक रहेको बताउँदै सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूबाट आफ्नो दाबीबारे स्पष्ट जवाफ आउनुपर्ने धारणा राखिन् ।

0 Comments