२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको आरोप : ‘सरकार संकटमा पर्दा ध्यान मोड्ने प्रयास गर्छ’

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकार नैतिक र राजनीतिक दबाबमा पर्दा समस्याको समाधान खोज्नुभन्दा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले सरकारमाथि जनविश्वास कमजोर बन्दै गएको अवस्थामा आत्मसमीक्षा र सुधारको बाटो रोज्नुपर्नेमा नयाँ-नयाँ विषय उठाएर मूल मुद्दाबाट ध्यान हटाउने प्रयास भइरहेको टिप्पणी गरे ।

उनले सरकार संकटमा पर्दा वास्तविक समस्याको समाधान गर्नुभन्दा विषयान्तर गर्ने प्रवृत्ति देखिएको दाबी गरे । उनका अनुसार शासन सञ्चालनमा देखिएका कमजोरी, सुशासनको अवस्था, पारदर्शिता र जवाफदेहितासँग सम्बन्धित विषयलाई लामो समयसम्म बेवास्ता गर्न नसकिने अवस्था छ ।

“केही विषय यस्ता हुन्छन्, जसलाई समय वा अन्य गतिविधिले ओझेलमा पार्न सक्दैन,” चालिसेले भने ।

काँग्रेसले वर्तमान सरकार अस्थिर बनोस् भन्ने आफ्नो चाहना नरहेको पनि स्पष्ट पारेको छ । प्रवक्ता चालिसेले सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार प्रभावकारी र स्थिर रूपमा अघि बढोस् भन्ने पार्टीको धारणा रहेको बताए ।

उनले काँग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्ने नीति नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठ्ने अवस्था आए प्रतिपक्षको भूमिकाबाट आवाज उठाउनु स्वाभाविक भएको बताए ।

चालिसेका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमले सत्तामा पुगेपछि दलहरूको लोकतान्त्रिक प्रतिबद्धताको समेत परीक्षण हुने अवस्था देखिएको छ । उनले सत्ता सञ्चालन गर्ने दलको विचार, इतिहास र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताले उसको व्यवहार निर्धारण गर्ने धारणा राखे ।

काँग्रेस प्रवक्ताले संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक अभ्यासप्रति सबै राजनीतिक शक्ति समान रूपमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

0 Comments