२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागु औषधसहित विभिन्न स्थानबाट १६ व्यक्तिलाई पक्राउ गरिएको छ ।

नाम पत्ता लगाउन बाँकी रहेका १८ वर्षीय किशोरलाई रोल्पा, माडी गाउँपालिका–२ घर्तीगाउँ बाट ४० मिलिग्राम, कैलाली, धनगढी उपमहानगरपालिका–२ विशालनगरबाट ९४ मिलिग्रामसहित दुई जना क्रमशः योगेश पाल र सुवास हमाल, कैलाली, टीकापुर नगरपालिका–१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, पाँचथर, फिदिम नगरपालिका–१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडालाई लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।

त्यसै गरी, कञ्चनपुर, बेलौरी नगरपालिका–१ खल्ला पिपल चौताराबाट ५५० मिलिग्रामसहित निशान्त तामाङ, बाँके, बैजनाथ गाउँपालिका–१ बाट ७३० मिलिग्राम र नगद रु ३६ हजार ९६५ सहित नाम खुल्न नसकेको १८ वर्षीय किशोर मङ्गलबार पक्राउ परेका हुन् ।

त्यस्तै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने स्पास्मो २४० ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १५० ट्याब्लेट सहित बीर्खबहादुर नेपाली र कृष्ण लुहारलाई क्रमशः धनगढी उपमहानगरपालिका–३, सुर्खेत सिम्ता गाउँपालिका–६ रामकोट, मोरङ, बेलबारी नगरपालिका–१ सिसौलीबाट ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित विकास रौनियारलाई मङ्गलबार पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षले चितवन, रत्ननगर नगरपालिका–७ लौखानीबाट अवैध लागुऔषध ५०० ग्राम गाँजा र नगद रु एक लाख २९ हजार ५२५ सहित दीपक महतो र निजका छोरा राहुल महतोलाई मङ्गलबार पक्राउ गरिएको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

0 Comments