२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामीले सक्रिय राजनीति गर्ने राजसंस्था खोजेका होइनौँ’: डा. धवलशमशेर जबरा

अ+ अ-

काठमाडौँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरूले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दु अधिराज्य, संवैधानिक राजसंस्थाको पुन:स्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने बताएका छन् ।

काठमाडौँमा बिहीवार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफूहरूको पार्टीले सक्रिय राजसंस्थाको परिकल्पना नगरेको पनि स्पष्ट पारे । राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुन:स्थापना गर्न चाहेको उनको भनाई छ । राणाले नेपालबाट हिन्दु राष्ट्रको व्यवस्था हटाउनु गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण रूपमा सडक र संसदीय दुवै माध्यमबाट पुन:स्थापना गर्ने बताए । उनले पार्टीले सनातन धर्मलाई आधार मान्दै किराँत, बौद्धलगायत सबै धर्मावलम्बीको सम्मान गर्ने नीति लिने बताए । उनले नवगठित पार्टीलाई युवा र महिला केन्द्रित बनाइने दाबी गरे ।

पार्टीको केन्द्रिय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य राखिएको उनको भनाई छ । जिल्ला र निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिने र निर्णय प्रक्रिया बहुमत तथा सर्वसम्मतिको आधारमा सञ्चालन हुने उनको भनाई छ । नयाँ पार्टीमा नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिने उनले दाबी गरे। उनले पार्टीलाई कुनै एक व्यक्तिको नभई सबै सदस्यको साझा राजनीतिक संगठन बनाउने उल्लेख गरे । उनले भने, ‘पार्टीको मूल विचार नै नेपाल एउटा सनातन धर्म सापेक्ष किराँत र बौद्ध धर्मलाई समेटेर अरू धर्मावलम्बीहरूलाई पनि हामीले सम्मान दिएर एउटा हिन्दु अधिराज्य बनाउने कल्पना र प्रयास लिएर अगाडि बढेका छौँ । यो पार्टीको नाम ‘जय नेपाल पार्टी’ हुनेछ । यसको चुनाव चिन्हको विषयमा अझै छलफल हुँदैछ । साउनको २८ गते हामीहरूले निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने काम गर्नेछौँ । यो पार्टी प्रजातान्त्रिक पार्टी हुनेछ, पार्टीमा युवा र महिलाको उचित स्थान दिइनेछ, निर्वाचन क्षेत्र र जिल्लामुखी पार्टी हुनेछ । युवक र महिलाहरू जिल्लाबाटै निर्वाचन क्षेत्रबाटै युनिल्याटरल रूपमा केन्द्रिय कमिटीमा आउनेछन् । यस्तो अरू पार्टीबाट देखिएको छैन । युवा र महिलाका कुरा गर्छन् तर केन्द्रमा हेर्नुस् एउटा एभरेज एज सबै पार्टीको ६० भन्दा बढी छ, हामीले पार्टीको सेन्ट्रल कमिटीको एभरेज एज ४५ वर्ष राख्ने अठोट गरेका छौँ । त्यस कारणले एउटा आजकलको जमानाले मागेको युवा सेन्ट्रिक महिला सेन्ट्रिक पार्टी हुनेछ, प्रजातान्त्रिक पार्टी हुनेछ जहाँ हरेक इस्यु हरेक एजेण्डा हरेक इस्युलाई गहन छलफल गरेर सकेसम्म सर्वसम्मत भएन भने अल्पमत बहुमत गरेर प्रजातान्त्रिक प्रणालीमा त्यसलाई निर्णय गर्नेछौँ ।’

राणाले साउनको २८ गते पार्टी दर्ताको लासग निर्वाचन आयोगमा निवेदन दिने जानकारी दिए । पार्टीको नेतृत्व आफूले गर्ने तथा दुर्गा प्रसाईँलाई प्रमुख सर्वमान्य नेताका रूपमा अघि बढाइएको उनको भनाई छ । पार्टीको चुनाव चिह्नबारे भने छलफल भइरहेको उनले जानकारी दिए । उनले पार्टीको संगठनलाई गाउँ तहसम्म नै विस्तार गरेर आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने बताएका छन् ।

0 Comments