२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सिइओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अध्यक्ष पाण्डे, सिइओ ज्योतिप्रकाश पाण्डेसहित बैंकका अन्य पदाधिकारीको तर्फबाट दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

अदालतमा दायर रिट निवेदनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको शेयर लिलामसम्बन्धी प्रक्रियामा भइरहेको फौजदारी अनुसन्धानका क्रममा आफूहरूलाई पक्राउ गर्ने तयारी भएको उल्लेख गर्दै अन्तरिम आदेशको माग गरिएको थियो।

सर्वोच्चले उक्त विषयमा अनुसन्धान जारी रहेकाले तत्काल पक्राउ गर्नुपर्ने वा नपर्ने विषयमा दुवै पक्षको सुनुवाइ आवश्यक देखिएको जनाएको छ।

अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न निवेदक र विपक्षी दुवै पक्षलाई २०८३ साउन २८ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

त्यसअघि निवेदकहरूलाई अनुसन्धान प्रयोजनका लागि पक्राउ नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ।

रिट निवेदनमा अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेसँगै सञ्चालक प्रज्ञराज राजभण्डारी, कवि कुमार टिवरेवाल, दीपांकर शाक्य उदय, शालिकराम बेल्वासे र शोभा श्रेष्ठ पनि निवेदक रहेका छन्। अदालतले विपक्षी पक्षसँग लिखित जवाफ माग्दै आदेशको जानकारी सम्बन्धित निकायलाई गराउन निर्देशन दिएको छ।

0 Comments