काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) कात्तिकमा हुने भएको छ । प्रतियोगिता आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कार्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने ८ वटै फ्रेन्चाइजले विदेशी खेलाडी अनुबन्ध गर्दै छन् ।






