२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारको कार्यदिशा गलत भए सच्याउन हस्तक्षेप गर्छौँ’ : लामिछाने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकार घोषित प्रतिबद्धता र निर्धारित उद्देश्यअनुसार अघि बढ्न नसके राजनीतिक रूपमा हस्तक्षेप गरी सही दिशामा ल्याउने बताएका छन्।

सरकारको कार्यसम्पादन र स्थायित्वबारे धारणा राख्दै लामिछानेले वर्तमान सरकारलाई अहिले नै असफल भएको निष्कर्षमा पुग्नुपर्ने अवस्था नरहेको बताए। सरकारलाई आफ्नो जिम्मेवारीअनुसार काम गर्न सक्ने वातावरण बनाउने र विचलित हुन नदिने विषयमा आफूहरू सचेत रहेको उनको भनाइ छ।

सरकार सञ्चालनको अवस्थालाई हवाई यात्रासँग तुलना गर्दै उनले यात्राका क्रममा देखिने अस्थायी अवरोधलाई असामान्य रूपमा लिन नहुने बताए। बाह्य परिस्थिति वा प्राविधिक कारणले केही समय असहजता देखिए पनि त्यसलाई सरकारको यात्रामा आएको स्थायी संकटका रूपमा बुझ्न नहुने उनको तर्क थियो।

उनले सरकार आफ्नो घोषित मार्गबाट बाहिरिए आवश्यक राजनीतिक हस्तक्षेपमार्फत पुनः कार्यदिशामा फर्काउन सक्ने क्षमता रास्वपासँग रहेको दाबी गरे। अहिले त्यस्तो हस्तक्षेप आवश्यक पर्ने अवस्था नरहेको र सरकारलाई त्यस्तो परिस्थितितर्फ जान नदिन आफूहरू सचेत रहेको उनले बताए।

लामिछानेले सरकारले इमानदार उद्देश्यसहित सही दिशामा काम गरे त्यसलाई गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने धारणा राखे। साथै, सरकारको कार्ययात्रामा आउने अस्थायी उतारचढावबाट नागरिक आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले जनतालाई विश्वस्त रहन आग्रह गरे।

सरकारले आफ्नो प्रतिबद्धताअनुसार काम गर्ने र आवश्यक अवस्थामा त्यसको कार्यदिशा सुधार गर्न राजनीतिक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

0 Comments