२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्दो महँगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई काँग्रेसको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले बजारमा बढिरहेको महँगी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र राहतका कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

काँग्रेस केन्द्रीय समितिको जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले न्यून आय भएका नागरिकको दैनिक जीवनमा महँगीको प्रत्यक्ष असर परेको बताए। आम्दानीको तुलनामा बजार भाउ अत्यधिक बढेको र प्रभावकारी बजार अनुगमन हुन नसकेको उनको भनाइ छ।

चालिसेले बजारमा मूल्यवृद्धि नियन्त्रणसँगै जनतालाई राहत पुग्ने उपायमा समेत सरकार केन्द्रित हुनुपर्ने बताए। उनका अनुसार दैनिक श्रमबाट जीवन धान्ने वर्गले आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ भोगिरहेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुन आवश्यक छ।

काँग्रेसले कृषि उत्पादनको लागत र उपलब्धतासँग जोडिएका विषयमा पनि सरकारको ध्यान जानुपर्ने जनाएको छ। किसानलाई समयमै मल उपलब्ध गराउने तथा सिँचाइको दीर्घकालीन व्यवस्था विकास गर्नुपर्ने प्रवक्ता चालिसेले बताए।

त्यसैगरी, आयातमा निर्भरता घटाउने उद्देश्यले भविष्यमा स्वदेशमै मल उत्पादन गर्ने नीति अघि बढाउनुपर्ने काँग्रेसको धारणा छ।

प्रवक्ता चालिसेका अनुसार जारी केन्द्रीय समिति बैठकमा तत्काल जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषयलाई प्राथमिकतामा राखिएको छ। राजनीतिक विषय, पार्टीको अधिवेशनलगायतका एजेन्डामा भने आगामी बैठकहरूमा छलफल अघि बढाइने उनले जानकारी दिए। काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबार पनि निरन्तर चल्ने उनले बताए।

0 Comments