२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह, स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

अ+ अ-

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहजीकरण छ । असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्‍याइएको हो ।

गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यासको अभाव भएका आश्रमहरूमा समेत आश्रममा नै ग्यास पुर्‍याइएको हो ।

उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्मकोमा अनुगमन गर्न सुरु गरेको उनले जानकारी दिए । उद्योगीले ग्यास प्रयाप्त मात्रामा झारेको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गर्न लागिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा लागेको हो । जिल्लामा मासिक एक लाख २० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक छदेखि सात हजार हाराहारी वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरु गरिएको अर्यालले बताए । अहिले जिल्लामा साईबाबा, बाबा र नेपाल ग्याँस उद्योग रहेका छन् । ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्याँस पठाउँदै आइएको छ ।

बाबा ग्यास उद्योगका सञ्चालक विमल काला खेतीका अनुसार यहाँका उद्योगहरूले चितवनसहित विभिन्न जिल्लाहरूमा ग्यास पठाउँदै आएका छन् । भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उनले बताए । बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ । काला खेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ । त्यस्तै ग्याँस दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्याँस दिएको र माग बढेकाले समस्या भएको हो । उनले भने, “केही समयलाई आधा सिलिण्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई बढाउन सके समस्याको समाधान हुन्छ ।” आवश्यक मात्रै सिलिण्डर साट्न र भण्डारण नगरेमा छिट्टै समाधान हुने उनले बताए ।

0 Comments