२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिक्री विस्तार र खर्च नियन्त्रणसँगै डिडिसीको वित्तीय अवस्थामा सुधार

अ+ अ-

काठमाडौँ । लामो समयदेखि वित्तीय दबाबमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले सञ्चालन खर्च नियन्त्रण, मौज्दात व्यवस्थापन तथा बजार विस्तारलाई प्राथमिकता दिएपछि आम्दानीमा सुधार देखिएको जनाएको छ। संस्थानका अनुसार पछिल्लो समय दूधको बिक्री बढ्नुका साथै पुरानो मौज्दात घटाउने र किसानको बक्यौता भुक्तानी गर्ने काम पनि अघि बढेको छ।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले अहिले ४४ जिल्लाबाट दैनिक करिब ६१ हजार लिटर दूध संकलन गरिरहेको छ। यसको तुलनामा दैनिक बिक्री करिब ८० हजार लिटर पुगेको छ। बिक्री हुने अतिरिक्त परिमाण विगतमा संकलित मौज्दातबाट व्यवस्थापन भइरहेको संस्थानले जनाएको छ।

गत वैशाख १८ गते नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो। पछिल्लो समय पाउडर दूधको मौज्दात करिब १४० टन र बटरको १३५ टनमा झरेको छ। मौज्दातमा रहेका उत्पादनको बजारमा खपत बढेसँगै बिक्री आम्दानीमा समेत सकारात्मक प्रभाव परेको डिडिसीको भनाइ छ।

संस्थानले किसानबाट प्रतिलिटर ६६ रुपैयाँका दरले चार प्रतिशत फ्याटयुक्त दूध खरिद गर्दै आएको छ। ढुवानी तथा सहकारी व्यवस्थापनलगायत खर्च जोडिँदा यसको प्रारम्भिक लागत करिब ७० रुपैयाँ पुग्ने भए पनि दूधमा रहेको अतिरिक्त फ्याटलाई छुट्टै प्रशोधन गरी बटर र घिउ उत्पादनमा प्रयोग गरिने भएकाले दूधको प्रभावकारी लागत करिब ६४ रुपैयाँ कायम हुने डिडिसीले जनाएको छ।

प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालनलगायत खर्च समेट्दा तीन प्रतिशत फ्याटयुक्त दूधको उत्पादन लागत प्रतिलिटर करिब ८२ रुपैयाँ पुग्छ। यस्तो दूध डिलरलाई ९२ रुपैयाँमा बिक्री गरिँदै आएको छ। दैनिक करिब ७३ हजार लिटर बिक्री हुने यो श्रेणीको दूधबाट प्रतिलिटर १० रुपैयाँको प्रारम्भिक मार्जिनका आधारमा करिब ७ लाख ३० हजार रुपैयाँ आम्दानी हुने संस्थानको हिसाब छ।

त्यस्तै, पाँच प्रतिशत फ्याटयुक्त दूधमा थप १५ रुपैयाँ मूल्य कायम गरिएको छ। यसमा एक प्रतिशत अतिरिक्त फ्याटको मूल्य ७ रुपैयाँ ५० पैसाका दरले गणना गरिएको छ। उत्पादन लागत करिब ९७ रुपैयाँ पर्ने यस्तो दूध डिलरलाई १२० रुपैयाँमा बिक्री हुन्छ भने उपभोक्ता मूल्य १३० रुपैयाँ रहेको छ। दैनिक करिब ७ हजार लिटर बिक्री हुने यस उत्पादनबाट करिब १ लाख ६१ हजार रुपैयाँको प्रारम्भिक मार्जिन हुने डिडिसीले जनाएको छ।

यस आधारमा दूधको बिक्रीबाट मात्रै दैनिक करिब ८ लाख ९१ हजार रुपैयाँको प्रारम्भिक मार्जिन प्राप्त भइरहेको संस्थानको दाबी छ। यसमा बटर, घिउ, दही, आइसक्रिम, मोही तथा अन्य दुग्धजन्य वस्तुको बिक्रीबाट हुने आम्दानी समावेश छैन।

डिडिसीको कुल बिक्रीमा दूधको हिस्सा करिब ८५ प्रतिशत र अन्य दुग्धजन्य पदार्थको हिस्सा १५ प्रतिशत रहेको महाप्रबन्धक पाण्डेले बताएका छन्। विगतमा दूध बिक्रीमा बढी निर्भर रहेको संस्थानले अहिले बटर, पाउडर दूध, घिउलगायत मौज्दातमा रहेका वस्तुको बिक्रीलाई समेत बढाएपछि आम्दानीका स्रोत विस्तार भएको जनाएको छ।

हाल संस्थानले देशभर करिब ४५ वटा संकलन केन्द्रमार्फत दूध संकलन गरिरहेको छ। बालाजु मातहत मात्रै करिब १८ वटा संकलन केन्द्र सञ्चालनमा रहेका छन्।

किसानको बक्यौता घटाउँदै
बिक्रीबाट प्राप्त रकमको परिचालनमार्फत संस्थानले किसानलाई दिनुपर्ने रकम घटाउने कामलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। नयाँ व्यवस्थापन आउँदा किसानको करिब आठ महिनाको दूधको भुक्तानी बाँकी थियो। त्यसबेला करिब ७२ करोड रुपैयाँ बराबरको दायित्व रहेकामा अहिले बक्यौता दुईदेखि तीन महिनामा सीमित भएको र रकम करिब ३५ करोड रुपैयाँमा झरेको संस्थानको भनाइ छ।

पछिल्लो अवधिमा डिडिसीले किसानलाई करिब ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। उक्त रकममा सरकारी अनुदान समावेश नभएको संस्थानले स्पष्ट पारेको छ। बाँकी भुक्तानीलाई क्रमशः एक महिनाभित्रको बक्यौतामा सीमित गर्ने लक्ष्य राखिएको छ।

खर्च नियन्त्रण, कर्मचारी सुविधामा पुनरावलोकन, दूध खरिदमा लागत व्यवस्थापन, सञ्चालन दक्षता र बिक्री वृद्धिका कारण संस्थानको नगद प्रवाहमा सुधार आएको डिडिसीले जनाएको छ। यही अवधिमा संस्थानले आफ्नो आम्दानीबाट करिब ३ करोड रुपैयाँ पुरानो ऋणसमेत भुक्तानी गरेको महाप्रबन्धक पाण्डेले बताएका छन्।

बजार विस्तारका क्रममा निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा आठ वटा समर्पित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ। साथै पुरानो बक्यौता तथा उठ्न बाँकी रकम असुलीलाई पनि संस्थानले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

दैनिक बिक्रीमा उल्लेख्य वृद्धि
डिडिसीका अनुसार असार मसान्तसम्म दैनिक दूध बिक्री करिब ६० देखि ६२ हजार लिटरको हाराहारीमा थियो। साउनको पहिलो सातादेखि दैनिक औसत बिक्री बढेर करिब ८० हजार लिटर पुगेको छ।

बिक्री परिमाणमा आएको वृद्धिसँगै दैनिक कारोबारसमेत करिब ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको संस्थानले जनाएको छ। बिक्रीबाट थप प्राप्त भएको रकम किसानको बक्यौता भुक्तानीमा केन्द्रित गरिएको डिडिसीको दाबी छ।

संस्थानले वित्तीय सुधारलाई दीर्घकालीन रूपमा कायम राख्न खर्च व्यवस्थापन, उत्पादन तथा मौज्दातको प्रभावकारी उपयोग, बिक्री विस्तार र बक्यौता असुलीलाई सँगसँगै अघि बढाइरहेको जनाएको छ।

0 Comments