काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिनका लागि गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित अध्ययन तथा छानबिन समितिले तयार पारेको ‘एनसेलको सेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै उक्त प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।






