२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डिजिटल अर्थतन्त्रको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गयो, सरकार गम्भीर बन्नुपर्छ’ : रमाकान्त पौडेल

अ+ अ-

काठमाडौँ । डिजिटल अर्थतन्त्रका विज्ञ रमाकान्त पौडेलले डिजिटल अर्थतन्त्रको दायरा परम्परागत वस्तु तथा सेवाको डिजिटल कारोबारमा सीमित नरही बहुआयामिक बन्दै गएको कारण डिजिटल अर्थतन्त्रको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय डिजिटल अर्थतन्त्रमा क्राउड इकोनोमी, इन्फ्लुएन्स इकोनोमी, एल्गोरिदम इकोनोमी र गिग इकोनोमीजस्ता जार्गनहरु देखा परेको बताए । उनले गत फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘एल्गोरिदम इकोनोमी’को अभ्यास भएको समेत बताए । उनले पौडेलले इन्फ्लुएन्स डिजिटल अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनिसकेको बताए। उनले डिजिटल अर्थतन्त्रको परिभाषा र क्षेत्र साँघुरो दायराबाट व्यापक बन्दै गएको भन्दै यसको औपचारिकीकरणमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले नेपालमा पछिल्लो समय ‘गिग इकोनोमी’समेत विस्तार हुँदै गएको बताए । अहिलेको पुस्ता परम्परागत पूर्णकालीन रोजगारीभन्दा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने प्रणालीतर्फ आकर्षित हुँदै गएको बताए । डिजिटल अर्थतन्त्रको विस्तार केवल पैसाको अभाव वा आवश्यकतासँग मात्र सम्बन्धित नभई समाजको आर्थिक तथा सांस्कृतिक व्यवहारसमेत डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण हुँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले डिजिटल इकोनोमीमा क्राउड इकोनोमी भन्ने आयो । क्राउड इकोनोमीलाई पहिले क्राउड फण्डिङ भन्ने गरिन्थ्यो । सोर्सहरूबाट पैसा जम्मा गरेर आफूले जिम्मा लिएर बिजनेश गर्ने खालको कुराहरू पनि देखिन थालेको छ । इन्फ्लुएन्स डिजिटल अर्थतन्त्रको मुख्य पार्ट भई नै सक्यो । अहिले अल्गोरिदम इकोनोमी समेत आएको छ । सुरुमा हामीलाई अल्गोरिदम इकोनोमी हुन्छ जस्तो लाग्दैनथ्यो । गत फागुन २१ मा सम्पन्न निर्वाचनको समयमा एल्गोरिदम इकोनोमी देखियो । धेरै मान्छेहरूले उम्मेदवारको पक्षमा कन्टेन्ट इन्फ्लुएन्स गर्दिने र त्यो बापत पैसा लिने कार्य पनि गर्नुभयो । पछिल्लो समय डिजिटल अर्थतन्त्रमा यस्ता जार्गनहरु जन्मिएका छन् । डिजिटल इकोनोमीको डाइमेन्सन छ अब यो न्यारो एरियाबाट एकदमै ब्रोड सेन्सतिर जान थालेको छ । हिजो हामीले कुनैपनि वस्तु वा सेवाको किनबेचबाट आउने डिजिटल मनीलाई मात्र डिजिटल इकोनोमी भन्थ्यौँ भने अहिले त्यो संरचनाबाट हामी निकै बाहिर आइसकेका छौँ । अहिले मुलुकमा गिग इकोनोमी समेत आएको छ । अहिलेको पुस्ताले फुल टाइम जागिर खान मन पराउँदैन । जति काम गर्‍यो त्यति लिने । अहिले पैसाको अभावभन्दा पनि डिजिटल अर्थतन्त्रको संस्कृतितर्फ समाज ढल्किँदै गएको छ ।’

उनले डिजिटल अर्थतन्त्रलाई अनुशासित बनाउन औपचारिकीकरणको प्रक्रियालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

0 Comments