काठमाडौँ । लोक सेवा आयोगल नेपाल राष्ट्र बैंकको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १६/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पद र विज्ञापन नं.१३, १४ र १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्त्र र व्यवस्थापन समेत) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।









