काठमाडौँ । नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहान करिब ५:४५ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई तर्फी सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।






