२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने

अ अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ ।

 सस्तो दरमा उच्च गतिको इन्टरनेट सेवा लिन चाहने ग्राहकको सङ्ख्या बढेपछि नयाँ लाइन जडानका लागि आवश्यक जानकारी दिने टेलिकमको १९८ नम्बरमा चाप बढेको हो । टेलिकमको सो नम्बरमा सेवाग्राहीको चाप बढेसँगै अनलाइन बाट पनि इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

यसबाट एनटी फाइबरको नयाँ लाइन जडान गर्न चाहने ग्राहकलाई आवश्यक जानकारी लिन तथा सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध गराउनेबारे जानकारी लिन सक्नेछन् । 

त्यसैगरी, टेलिकमले एनटी फाइबर जडानका लागि आवश्यक विवरण अनलाइनमार्फत उपलब्ध गराउन सकिने व्यवस्था पनि गरेको छ ।  https://complain.ntc.net.np/ गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिन्छ । ग्राहकले टेलिकमको अनलाइन गुनासो तथा सेवा अनुरोध प्रणाली मा लगइन गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत इन्टरनेट सेवा जडानसम्बन्धी अनुरोध गर्नुका साथै सेवासँग सम्बन्धित अन्य गुनासोसमेत दर्ता गर्न सकिनेछ ।

नेपाल टेलिकमले हालै एनटी फाइबरअन्तर्गत रु पाँच हजारभन्दा कम अर्थात् रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको प्याकेज उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अतिरिक्त ग्राहकको आवश्यकता र प्रयोगअनुसार विभिन्न अन्य प्याकेजसमेत उपलब्ध छन् । तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि यस्ता प्याकेजमा आकर्षण देखिएको छ ।

पछिल्लो समय इन्टरनेट सेवाको मूल्य, उपलब्ध गति र सेवाको गुणस्तरलाई लिएर ग्राहकले विभिन्न सेवा प्रदायकका प्याकेजको तुलना गर्न थालेका छन् । यस्तो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराएका सस्तो दरका प्याकेजप्रति ग्राहकको आकर्षण बढेको देखिएको छ । अन्य इन्टरनेट सेवा प्रदायकका प्याकेजको तुलनामा कम शुल्कमा सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका हुन ।

0 Comments