१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिलो बम्पर पुरस्कार विजेता जोशी र अर्याललाई अर्थमन्त्रीद्वारा रकम हस्तान्तरण

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको पहिलो पाक्षिकका बम्पर पुरस्कार विजेता हेमराज जोशी र अर्का विजेता हिमाल अर्याललाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्।

अर्थ मन्त्रालयमा सोमबार आयोजित साउनको दोस्रो पाक्षिकका विजेता घोषणा कार्यक्रममा अर्थमन्त्री वाग्लेले जोशीलाई १० लाख र अर्याललाई कर कट्टीपछिको एक लाख रुपैयाँ प्रदान गरेका हुन्।

धनगढीका जोशीले २५० रुपैयाँको विद्युतीय बल्ब खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको पहिलो बम्पर पुरस्कार जितेका थिए। अर्थमन्त्री वाग्लेले उनलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै पुरस्कार रकम उपयोगी काममा लगाउन आग्रह गरे।

‘हेमराजजी, बधाई छ। तपाईँ पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईँ सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने।

उनले जोशीलाई उपभोक्ताले बिल लिनुपर्ने र व्यवसायीले बिल दिनुपर्ने विषयमा समुदाय स्तरमा सचेतना फैलाउँदै करदाता प्रोत्साहन कार्यक्रमको दूतका रूपमा काम गर्न आग्रह गरे।

गैँडाकोट, नवलपरासीका हिमाल अर्यालले साथीहरूसँग आइसक्रिम खाँदा गरेको कारोबारका आधारमा एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार जितेका थिए।

पुरस्कार रकमबाट २५ प्रतिशत कर कट्टी भएपछि अर्यालले एक लाख रुपैयाँ प्राप्त गरेका छन्। उनलाई पनि अर्थमन्त्री वाग्लेले पुरस्कार रकम हस्तान्तरण गरेका थिए।

साउनको पहिलो १५ दिनमा छनोट भएका अन्य विजेतालाई यसै साता सम्बन्धित आन्तरिक राजस्व कार्यालयमार्फत पुरस्कार रकम प्रदान गरिने विभागले जनाएको छ।

0 Comments