काठमाडौँ । नेपाली काँग्रेसले हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट भएका १६ वटा निर्णय सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
काँग्रेस केन्द्रीय समिति बैठक साउन २४ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको थियो। पार्टी सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न सांगठनिक तथा राजनीतिक विषयमा निर्णय गरेको जनाइएको छ।
बैठकबाट पारित निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता चालिसेले पार्टीको औपचारिक धारणा र आगामी कार्यदिशासँग सम्बन्धित विषयहरूबारे जानकारी दिएका हुन्।






