४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन प्रक्रिया रोक्न अदालत जाने देउवा पक्षको तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी अघि बढाइएको प्रक्रिया तत्काल रोक्न न्यायिक बाटो रोज्ने निर्णय गरेको छ।

डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार भएको संस्थापन इतर पक्षका नेताहरूको छलफलले महाधिवेशन प्रक्रिया स्थगनको मागसहित अदालत जाने निष्कर्ष निकालेको हो।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका प्रक्रिया अघि बढाउनु उचित नहुने संस्थापन इतर समूहको धारणा छ। सोही आधारमा पार्टीले अघि बढाएको निर्वाचन तथा अधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गर्ने तयारी गरिएको हो।

यता काँग्रेसले भने महाधिवेशनको निर्धारित कार्यक्रमअनुसार प्रक्रिया अघि बढाइरहेको छ। केन्द्रीय निर्वाचन समितिले पछिल्लो पटक सार्वजनिक गरेको कार्यतालिका अनुसार वडा तहको अधिवेशन आगामी २४ भदौमा गर्ने तयारी छ।

काँग्रेसले यसअघि तय गरेको १५औँ महाधिवेशनको मूल मिति भने परिवर्तन गरेको छैन। पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय कायम राख्दै तल्लो तहका अधिवेशनको तालिका मात्र परिमार्जन गरिएको छ।

यससँगै पार्टीको आन्तरिक विवाद अब महाधिवेशन प्रक्रिया र अदालतमा विचाराधीन आधिकारिकतासम्बन्धी विषयसँग समेत जोडिएको छ।

0 Comments