६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा

अ+ अ-

काठमाडौँ  । ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नाराका साथ सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा सहभागी महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणअन्तर्गत सामान्य स्वास्थ्य जाँचसँगै भीआईए तथा पाप स्मियर परीक्षण गरिएको थियो । पाठेघरको मुखबाट लिइएको नमुना प्रहरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको आयोजकले जनाएको छ ।

प्रहरी अस्पतालकी प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हूच्छे प्रधानले परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा सम्बन्धित बिरामीलाई उच्च तहका स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक उपचार तथा थप परीक्षणको व्यवस्था गरिने बताइन् । उनले स्तनसम्बन्धी स्वास्थ्य परीक्षणसमेत गरिएको र परीक्षणका क्रममा कुनै समस्या देखिएमा आवश्यकताअनुसार थप परीक्षण तथा उपचारका लागि समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।

शिविरमा साँझ ५:०० बजेसम्म स्वास्थ्य परीक्षण सञ्चालन गर्दा करिब ४०० जनाले स्वास्थ्य सेवा लिएको सभामुखका प्रमुख स्वकीय सचिव मुना कुँवरले जानकारी दिइन् । शिविरमा सहभागीलाई आवश्यक औषधिसमेत नि:शुल्क वितरण गरिएको थियो भने थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने अवस्थामा यातायातको समेत व्यवस्था गरिएको थियो ।

शिविर पुगेर सभामुख डिपी अर्यालले परीक्षणमा सहभागी दिदीबहिनीसँग भेटघाट गरेका थिए । उनले शिविरको स्वास्थ्य परीक्षणको अवस्था तथा सहभागीहरूले प्राप्त गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए ।

स्वास्थ्य शिविरमा सहभागी महिलाहरूले कार्यक्रम निकै उपलब्धिमूलक र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न तथा आवश्यक परेमा थप उपचारका लागि समयमै पहल गर्न शिविरले महत्त्वपूर्ण सहयोग पुर्‍याएको भन्दै सहभागीहरूले सभामुखको सचिवालय तथा प्रहरी अस्पतालप्रति धन्यवाद व्यक्त गरेका थिए ।

महिलामा देखिन सक्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि यस्ता नि:शुल्क स्वास्थ्य शिविर प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो ।

0 Comments